Featured News

गीतः एमसिसीको विरुद्धमा उठ…

ठीक छैन है कत्ति पनि नेताहरूको पाराएमसिसीको विरुद्धमा उठ जनता सारा पसिनाले कमाउने हो खान हुन्न बसीदेश बनाउन सबै जना उठ कम्मर कसीखाए खा, नखाए घिच अमेरिका भन्छभन साथी भीख मागेर देश कहिले बन्छ ? जन्मिएन यो देशमा यौटा धुर्व ताराएमसिसीको विरुद्धमा उठ जनता सारा विदेशीका दलाल भए हाम्रा सबै नेताबेच्न सक्छन् कुनै बेला देशै पनि के थाछिर्न नदिऊ अम्रिकालाई एमसिसीको निहुँमाजबसम्म तातो रगत हुन्छ हाम्रो जिउँमा । बस्ती बस्तीबाट… पुरा पढौ

आफूले घुस खाएको भन्दै सजाय गर्न पूर्वमन्त्रीको माग

आफू मन्त्री हुँदा ‘घुस खाएर धन आर्जन गरेकोमा सरकारले दण्डित गर्नुपर्ने भन्दै पूर्वमन्त्री हरि पाण्डे मिडियामा आएका छन् । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उद्योगपतिसमेत रहेका पाण्डेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तामेलीमा रहेको आफ्नो मुद्दा पुनर्जीवित गरेर कारबाही गरेमा आफू जेल जानसमेत तयार रहेको स्पष्ट पारेका हुन् । पूर्वमन्त्री पाण्डेले बारम्बार आफु दोषी हुँ र मलाई दण्डित गरियोस् भन्दा पनि आफुलाई सरकारले कुनै कारबाही नगरेको टिप्पणी गरे । उनले… पुरा पढौ

अधिवक्ता कमल अर्याल ठगी आरोपमा पक्राउ

अधिवक्ता कमल अर्याल ठगी आरोपमा पक्राउ परेका छन् । जिल्ला अदालत कास्कीको आदेश लिएर उनलाई मंगलबार पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।अर्याल पोखरा महानगरका कानुनी सल्लाहकारसमेत हुन् । उनीमाथि न्यायाधीशलाई खुसी पारेर मुद्दा मिलाइदिन्छु भनी रकम लिएको अभियोग रहेको स्रोतले जनाएको छ । पुरा पढौ

सर्वदलीय बैठक एमालेले बहिस्कार गर्ने

सभामुख अग्निप्रसाद सापकोटाले सोमबारलाई बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बहिस्कार गर्ने भएको छ । महाभियोग दर्ता भएपछि महाभियोग परामर्श समिति गठन गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् । नेकपा एमालेका नेता तथा सांसद शेरबहादुर तामाङले सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गर्ने बताए । ‘एमाले त्यो बैठकमा जाँदैन । किनभने सभामुखप्रति हाम्रो असहमति रहँदै आएको छ । उहाँसँगै असहमति रहिरहेका बेला फेरि उहाँले नै बोलाएको बैठकमा… पुरा पढौ

प्रधानन्यायाधीशविरुद्ध महाअभियोग, कस कसले गरे हस्ताक्षर ?

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरूले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध संघीय संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका छन् । महाअभियोग प्रस्तावमा के–के छन् यस्तो छ महाअभियोगको पूर्णपाठ सम्माननीय सभामुखज्यू, संघीय संसद सचिवालय, सिहदारबार, काठमाडौं ।मार्फत महासचिव,संघीय संसद सचिवालय, सिंहदारबार, काठमाडौं । विषय स् महाभियोग प्रस्ताव पेस गर्ने सूचना बारे । महोदय,सम्माननीय प्रधानन्यायाधीश श्री चोलेन्द्रशम्शेर जबराले तल उल्लेखित संविधान विपरीत तथा पदीय जिम्मेवारी विपरीतका कार्यहरू गरी नेपालको संविधानको… पुरा पढौ

अरुण नदीको बेलिब्रिज भाँचियो, तीन ट्रक खसे

संखुवासभाको मकालु गाउँपालिका ५ र १ जोड्ने बेलिब्रिज भाँचिएको छ । मकालु ५ को नुम र वडा नम्बर १ वालुङ जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलिब्रिज भाँचिएको हो । शनिबार दिउँसो निर्माण सामग्री बाकेको लोवेट तार्ने क्रममा बेलिब्रिज भाँचिएको मकालु गाउँपालिका(५ का कार्यपालिका सदस्य पुरन याम्फुले जानकारी दिए । निर्माणाधीन इप्सुवा हाइड्रो पावर कम्पनीको निर्माण सामाग्री लिएर गएको तीन वटा ट्रक पुल भाचिएपछि अरुण नदीमा खसेको कार्यपालिका सदस्य याम्फुले बताए… पुरा पढौ

एमसिसी टेबुल हुन्छ, पास हुन्छः काँग्रेस प्रवक्ता

नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी संसदबाट बहुमतले पारित हुने दावी गरेका छन् । काँग्रेस पदाधिकारी बैठकपछि प्रवक्ता महतले सरकारले एमसीसी संसदमा टेबल गर्ने तयारी गरेको जानकारी दिए । उनले सभामुखले रोक्न नमिल्ने जनाउँदै भने, सरकारले एमसीसी टेबल गर्छ र बहुमतले पारित पनि हुन्छ ।’, गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि एमसिसी पास गर्ने बनाएको उनको दाबी छ । पुरा पढौ

बागलुङमा स्थानीय चुनावमा सहकार्यबारे सत्ता गठबन्धनमा छलफल

यहाँका सत्तारुढ गठबन्धन दलहरूले आसन्न स्थानीय तहको चुनावमा मिलेर जानका लागि छलफल र गृहकार्य अघि बढाएका छन् । आज पाँच दलीय गठबन्धनका जिल्ला तहका प्रमुख नेताबीच चुनावी सहकार्यका लागि प्रारम्भिक कुराकानी भएको हो । गठबन्धनलाई वडा तहसम्म व्यवस्थित गर्ने, आपसी विश्वास र समझदारी विकास गर्दै चुनावसम्मै मिलेर जाने विषयमा भएको छलफल सकारात्मक भएको गठबन्धनको सबैभन्दा ठूलो घटक नेपाली कांग्रेसका जिल्ला सभापति जीतबहादुर शेरचनले बताए । “स्थानीय परिस्थिति र अनुकूलतामा गठबन्धनलाई… पुरा पढौ

विहे गर्ने लोभ देखाएर ५० हजार भारुमा बिक्री

भारतको सिमलामा घरेलु कामदारका रुपमा बेचिएकी एक महिलाको माइती नेपाल कञ्चनपुरले उद्धार गरी महेन्द्रनगर पुर्याएको छ। सिमलामा स्याउ फार्म सञ्चालन गरिरहेका साहुको घरबाट माइती नेपालले भारतीय प्रहरीको सहयोगमा महिलाको पाँच महिनापछि सकुशल उद्धार गरेको हो। माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले महिलालाई ५० हजार भारतीय रुपैयाँमा महिलालाई कामदारका रुपमा बिक्री गरिएको बताइन्। ‘सल्यानकी ती महिलालाई साहुसित बेचेर मान्छे फरार भएछ’, संयोजक भट्टले भनिन्, ‘घटना विवरणलाई नियाल्दा कोहलपुरका गोपाल विकले विवाह… पुरा पढौ

यसपालिको एसईई वैशाख ९ बाट

माध्यमिक शिक्षा परीक्षा एसईई वैशाख ९ गतेदेखि गर्ने निर्णय भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालनको निर्णय गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माले कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले नियमित समयभन्दा एक महिना ढिलो परीक्षा गर्न लागेको बताए । स्थानीय तहको चुनावलाई ध्यान दिँदै वैशाख ९ गतेदेखि परीक्षा गर्न लागेको बोर्डले जनाएको छ । पछि कर्मचारीहरू निर्वाचनमा खटिने भएकाले… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं