नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी संसदबाट बहुमतले पारित हुने दावी गरेका छन् ।
काँग्रेस पदाधिकारी बैठकपछि प्रवक्ता महतले सरकारले एमसीसी संसदमा टेबल गर्ने तयारी गरेको जानकारी दिए । उनले सभामुखले रोक्न नमिल्ने जनाउँदै भने, सरकारले एमसीसी टेबल गर्छ र बहुमतले पारित पनि हुन्छ ।’,
गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि एमसिसी पास गर्ने बनाएको उनको दाबी छ ।






