अधिवक्ता कमल अर्याल ठगी आरोपमा पक्राउ परेका छन् । जिल्ला अदालत कास्कीको आदेश लिएर उनलाई मंगलबार पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।
अर्याल पोखरा महानगरका कानुनी सल्लाहकारसमेत हुन् । उनीमाथि न्यायाधीशलाई खुसी पारेर मुद्दा मिलाइदिन्छु भनी रकम लिएको अभियोग रहेको स्रोतले जनाएको छ ।




