ठीक छैन है कत्ति पनि नेताहरूको पारा
एमसिसीको विरुद्धमा उठ जनता सारा
पसिनाले कमाउने हो खान हुन्न बसी
देश बनाउन सबै जना उठ कम्मर कसी
खाए खा, नखाए घिच अमेरिका भन्छ
भन साथी भीख मागेर देश कहिले बन्छ ?
जन्मिएन यो देशमा यौटा धुर्व तारा
एमसिसीको विरुद्धमा उठ जनता सारा
विदेशीका दलाल भए हाम्रा सबै नेता
बेच्न सक्छन् कुनै बेला देशै पनि के था
छिर्न नदिऊ अम्रिकालाई एमसिसीको निहुँमा
जबसम्म तातो रगत हुन्छ हाम्रो जिउँमा ।
बस्ती बस्तीबाट लगाउँ गगनभेदी नारा
एमसिसीको विरुद्धमा उठ जनता सारा ।





