Featured News

मौरिस हर्जाेगको विख्यात कृति ‘अन्नपूर्ण’ अब नेपालीमा

फ्रान्सेली आरोही नेता मौरिस हर्जाेग नेतृत्वको टोलीले सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथम आरोहण गरी इतिहास रच्यो । आठ हजार मिटरभन्दा अग्ला हिमालको पहिलो आरोहण नै यो थियो । आरोहणका अनुभूति र संघर्ष समेटेर हर्जाेगले फ्रेन्च भाषामा कृति तयार पारेः अन्नपूर्ण प्रिमियर ८००० । सन् १०५१ मा प्रकाशन भएको त्यो पुस्तक अन्नपूर्ण हिमालको आफ्नै काखमा रहेको क्षेत्रको भाषा नेपालमा आउन भने ७४ वर्ष लाग्यो । गएको बिहीबार ‘अन्नपूर्ण प्रिमियर… पुरा पढौ

जेलबाट छुटेपछि रवि चुनाव लड्न पाउँछन् कि पाउँदैनन् ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई तुलसीपुर उच्च अदालतको बुटवल इजलासले बिहीबार धरौटीमा छाड्न आदेश दियो । कानुनी प्रक्रिया पूरा गरेपछि उनी थुनामुक्त हुने छन् । धरौटीमा थुनामुक्त हुने भए पनि उनीविरूद्ध सहकारी ठगी तथा सांगठनिक अपराध, सम्पत्ति शुद्धीकरण जस्ता अभियोगमा मुद्दा विभिन्न अदालतमा विचाराधीन छन् । यस्तो अवस्थामा रविले आउने आमचुनावमा भाग लिन पाउँछन् कि पाउँदैनन् भन्ने धेरैलाई चासो छ । नेपालको संविधान र कानुनी प्रावधानहरु अनुसार आउने… पुरा पढौ

यस्तो छ तेस्रोपटक एमाले अध्यक्ष बन्ने ओलीको यात्रा

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओली मुलुकको राजनीतिक क्षेत्रमा एक जुझारु, सङ्र्षशील एवं जेलनेल भोगेको नेताका रुपमा स्थापित हुनुहुन्छ । यसैगरी अध्ययनशील, निर्णयमा अडिग र आफूलाई विश्वास गर्ने नेता, कार्यकर्ता र शुभेच्छुकलाई साथसहयोगसहित यथासक्य संरक्षण गर्न कन्जुस्याइँ नगर्ने नेताका रुपमा चिनिनुहुन्छ । एमाले पार्टीको यसअघि दुई कार्यकाल नेतृत्व गरिसक्नुभएका नेता ओली काठमाडौमा सम्पन्न ११ औँ महाधिवेशनमा प्रतिस्पर्धी ईश्वर पोखरेलभन्दा १०९९मत बढी प्राप्त गरी तेस्रो कार्यकालका लागि… पुरा पढौ

देउरालीमा सारङ्गी पार्क बनाउँदै पोखरा महानगर

sarangi
पोखरा महानगरको वडा नम्बर १८, देउरालीमा महानगरले सारङ्गी पार्क बनाउने भएको छ । लामागाउँ र वडा कार्यालयको बिचमा रहेको देउरालीमा पोखराको बिम्बका रुपमा पार्क बनाउन लागिएको हो । बुधबार बिहान आयोजित समारोहमा महानगरका प्रमुख आचार्यले पार्क शिलान्याश गरे । पार्कबाट फाइवरबाट निर्माण हुने दुई हजार केजीको २५ फिट अग्लो सारङ्गीको प्रतिमा बन्नेछ । काठ रङ्कै यो प्रतिमाले एकातिर पोखराको मौलिकता झल्काउने र अर्कातिर पर्यटकीय गन्तव्यसमेत बन्ने महानगर प्रमुख आचार्यले उल्लेख… पुरा पढौ

रविलाई रिहा गर्न आदेश

तुलसीपुर उच्च अदालत, बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश गरेको छ । अदालतका मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको इजलासले उक्त आदेश गरेको हो । उच्चले बिगो बराबर २ करोड ६८ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको हो । उच्चले धरौटी माग गरेपछि सो बराबरको रकम बुझाएर उनी थुनामुक्त हुने छन् । उच्चले उनको हकमा आफ्नो दायित्व बराबरको विगो राख्न तयार… पुरा पढौ

तत्कालीन आयोजना प्रमुख बिनेश मुनकर्मीविरूद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थलका तत्कालीन आयोजना कार्यान्वयन प्रमुख बिनेश मुनकर्मीविरूद्ध मंगलबार भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। पदमा रहँदा २ करोड ५० लाख ३४ हजार ५१७ रूपैयाँ बराबर गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दर्ता गरिएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए। उनले सरकारी सेवामा प्रवेश गरेको समय २०५४ सालदेखि २०८० सालसम्मको अवधिमा कमाएको सम्पत्तिमाथि अख्तियारले छानबिन गरेको थियो। त्यो… पुरा पढौ

एमालेको ३०१ सदस्यीय केन्द्रीय समिति यसरी चुनिनेछ

नेकपा एमालेले पार्टीको एघारौं महाधिवेशनबाट बन्ने केन्द्रीय कमिटीको संरचना तय गरेको छ । जारी बन्दसत्रमा विधान संशोधनसहितको प्रस्ताव पेश हुँदैछ । सोमबार बिहान ११ बजेसम्म महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन, दाबाविरोध हुनेछ भने ११ बजेपछि उम्मेदवारी दर्ता सुरू हुनेछ। एमालेमा केन्द्रीय कमिटी ३०१ सदस्यीय रहनेछ। अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, सचिव ९ जना रहने पदाधिकारी संख्या बन्द सत्रको हलमा प्रस्तुत गर्ने निर्णय भएको हो । प्रस्तावअनुसार, ७ प्रदेश… पुरा पढौ

पोखरामा जलन अस्पताल बनाइँदै, लागत करिब २ अर्ब

पोहोर फागुन ३ गते दिउँसोसम्म पोखरा महानगरको प्रदर्शनी केन्द्रमा पोखरा भ्रमण वर्ष घोषणाको उत्साह थियो । भ्रमण वर्ष उद्घाटनपछि अचानक हाइड्रोजन रहेको बेलुनमा आगो लाग्यो, नगर प्रमुख धनराज आचार्य र तत्कालीन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल घाइते बन्नुभयो । उहाँहरुलाई तत्काल हेलिकोप्टरमार्फत् उपचारका लागि काठमाडौं लगियो । केही साताको उपचारपछि उहाँहरु घर फर्किनुभयो । उपचारपछि महानगर प्रमुख आचार्यको पोखरामा जलन अस्पताल बनाउने घोषणा गर्नुभएको थियो । त्यही प्रतिवद्धताबमोजिम पोखरा महानगरको… पुरा पढौ

पश्चिम क्षेत्रीय अस्पतालमै छ सुविधा सम्पन्न जलन युनिट

गण्डकी प्रदेशको सबैभन्दा ठूलो अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अहिले पनि सुविधा सम्पन्न जलन युनिट सञ्चालनमा छ । तीन दशकअघि नै स्थापना भएको जलन युनिटमा बिहीबार पनि तीन बिरामी उपचाररत छन् । सात शैयामा रहेको यो युनिटलाई केही जनशक्ति थप र क्षमता विस्तार गर्ने हो भने तत्काल जलनको उपचारमा समस्या नहुने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सूचना अधिकारी सुशील अर्याल बताउँछन् । जलन युनिटका प्लास्टिक सर्जन डा पियूष गिरी वर्षमा एक सय… पुरा पढौ

लुम्बिनीले जित्यो एनपीएल-२ को उपाधि

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा फाइनलमा सुदूरपश्चिम रोयल्स हराउँदै लुम्बिनी लायन्सले उपाधि जितेको छ । लिग चरणको सुरुवातमा कमजोर देखिएको लुम्बिनीले उत्कृष्ट कमब्याक गर्दै उपाधि घर लगेको हो । लिग चरणको आफ्नो चौथो खेलसम्म तीन हार खेपेको अवस्थामा रहेको लुम्बिनी सुरुवातमा दबाबमा थियो । तर, लिग चरणका पछिल्ला तीनसहित लगातर ६ खेलमा जित निकाल्दै लुम्बिनीले उपाधि जितेको हो । यसलाई लुम्बिनीको उत्कृष्ट कमब्याकको रुपमा हेरिएको छ । सुदूरपश्चिमले… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं