रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहले झापा ५ को प्रतिनिधिसभा सदस्यको टिकट लिएका छन् । जनकपुरमा चुनावी सभाको क्रममा रास्वपा नेतृत्व यतिखेर जनकपुरमा छन् ।
बालेनले त्यहीँ रविको हातबाट टिकट लिएका हुन् । आइतबार काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर बालेन चुनावी मैदानमा होमिएका थिए ।
उनले रास्वपाको ‘परिवर्तन उद्घोष सभा’ लाई सम्बोधन गर्दै मधेसीको छोरा प्रधानमन्त्री बन्नेवाला भएरमात्र होइन, सही मान्छेहरू आउनेवाला भएकाले घन्टीमा भोट हाल्न आह्वान गरे ।
सोमबार जनकपुरमा आयोजित घोषणा सभामा बालेनले भने, ुमधेसीको छोरा प्रधानमन्त्री बन्नेवाला भएर घन्टीमा भोट हाल्ने होइन, सही मान्छे आउनेवाला छन्, त्यही भएर घन्टीमा भोट हाल्नुस्। सही समय आउनेवाला छ, त्यही भएर घन्टीमा भोट हाल्नुस्। सही सरकार आउनेवाला छ, त्यही भएर घन्टीमा भोट हाल्नुस्।
आफ्नो पहिलो राजनीतिक सभामा मैथिली भाषामा भाषण गर्दै बालेनले काठमाडौंमा अधिकार माग्न होइन, घुम्न जाने गरी प्रदेशलाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन्।
मिटरव्याज पीडित र उखु किसानहरू आफ्नो माग लिएर काठमाडौं आउनुपरेको प्रसंग उल्लेख गर्दै बालेनले भने, ुमैले काठमाडौंको मेयरका रूपमा उनीहरूलाई केही गर्न सकिनँ।




