रवि लामिछाने र जिबी राईबारे अनुसन्धान गर्दै सिआइबी

समस्याग्रस्त सहकारीबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान गर्ने भएको छ ।

सीआईबी स्रोतले दिएको जानकारी अनुसार पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी पनि अनुसन्धान हुनेछ । पोखराबाट फाइल मगाएर अध्ययन गर्न लागिएको हो ।

सहकारी विभागको अनुरोधमा समस्याग्रस्त सहकारीबारे अनुसन्धान थालिन लागेको हो । सीआईबी प्रमुख तथा एआईजी किरण बज्राचार्यले सबै समस्याग्रस्त सहकारीको अनुसन्धान थालिएको जानकारी दिइन् ।

जहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र ग्यालेक्सी टेलिभिजनका लगानीकर्ता गितेन्द्रबाबु (जीबी)राई पनि जोडिएका छन् ।

राई समूहले पोखरास्थित सूर्यदर्शन सहकारीको एक अर्ब ३५ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोप छ । राई अहिले फरार छन् भने लामिछानेले आफ्नो संलग्नता अस्वीकार गर्दै आएका छन् ।