टेलरवाली निशा र साहित्यकार अमनको गीत सार्वजनिक

पछिल्लो समय भाईरल भैरहेकी सुमधुर आवाजकी धनी टेलरवाली निशा रणपाल र साहित्यका विविध विधामा कलम चलाउनुहुने कवि / गजलकार अमन एकल ( राम कृष्ण पाण्डे ) को स्वरमा ” पानी संगै अशिना” बोलको गीत सार्वजनिक भएको छ ।

राम शरण पाण्डेको लयमा अमन एकल र केशब अधिकारी शब्द रहेको यो गीत रसुवा र नुवाकोट लाई जोडेर सिर्जना गरिएको छ । नारायण दङ्गलले एरेन्ज गरेका यो गीत मालाश्री स्टुडियोमा रेकर्डिङ गरिएको हो।

राम शरण पाण्डे , अन्जु सुनार / केशब अधिकारी , निशा रणपाल र हरि प्रसाद न्यौपाने ( सुगम) , सुस्मिता तामाङको अभिनय रहेको यो गीतमा रसुवा , नुवाकोट र काठमाडौको विभिन्न स्थानमा छायांकन भएको देख्न सकिन्छ । दिनेश मुस्कानले छायांकन तथा निर्देशन गरेका छन् ।

यश गीतलाई खरो मिडियाबाट सार्वजनिक गरिएको छ