दीपक केसीको नयाँ गीत बजारमा

बिदेशी भुमिमा रहेर नेपाली मौलिक गीत संगीतको सिर्जनामा सक्रिय दिपक केसीको नयाँ गीत ‘ए मैना’ सार्वजनिक भएको छ ।

किसोर अवस्थाका युवा युवतीको भावनालाई रोचक शव्द चयन मार्फत संगीतमा उतारिएको उक्त गीत युट्युव मार्फत सार्वजनिक भएको हो ।

चर्चित गायिका शान्ति श्री परियार र गायक कुशल विश्वकर्माको स्वरमा रहेको गीतको भिडियो झझल्को डिजिल युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।

गीतमा चर्चित मोडल लोमस शर्मा र नम्रता सापकोटाको अभिनय रहेको छ ।
कुशल विश्वकर्माको लय सिर्जना गीतमा रहेको गीतमा योवन अवस्थाका प्रेमील जोडि बीचको रोमाञ्चक वार्तलाभलाई संगीतमा प्रस्तुत गरिएको छ ।

राम केसीको छायाँकन, अमृत चापागाँईको सम्पादन तथा दिलिप रेग्मीको निर्देशनमा गितको भिडियो तयार गरिएको छ ।

नेपाली जीवशैलीलाई शब्दमा उतार्न सक्ने कुशल संगीतकार केसि हाल जन्मभुमि छोडेर बैदेशिक रोजगारीको शिलसिलामा संयुक्त राज्य अमेरिकामा छन् ।

बागलुङ नगरपालिका वडा नम्बर -३ खहरेमा जन्मिएका केसिले यस अघि ‘पिरतिको छाता’ र ‘शिखर छुने छ’ भन्ने बोलका गीतहरु बजारमा ल्याइसकेका छन् ।