साहित्यकार सुजन कँडेलको ‘तिम्लाई मेरो आफ्नो बन्नु’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
‘तिम्लाई मेरो आफ्नो बन्न कस्ले रोकिदियो भन’ बोलको गीतमा सूर्य कस्यबको स्वर, कँडेलको शब्द तथा रामकुमार रिमालको संगीत रहेको छ।
मौसम हिमालीले निर्देशन गरेको भिडियोमा जिसु कोईराला र पुष्प खड्काले अभिनय गरेका छन् ।
भिडियोले दर्शक श्रोताको मन छुनेमा निर्माण पक्ष आशाबादी रहेको छ।




