अध्यक्ष छोडिदिन्छु, चुनाव गरौं : ओली

पार्टी अध्यक्षको चुनाव गराउने भए नेकपा अध्यक्ष छोड्न तयार रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

ओलीले चुनाव गर्न पुष्पकमल दाहाल र माधवकुमार नेपाल तयार हुनुपर्ने औंल्याए । ुउहाँहरू अध्यक्ष मागिरहनुभएको छ । अध्यक्ष छोडिदिने हो, ठीक छ । आउनुस् न त चुनाव गरौं । म छोडिदिन्छु, चुनाव गरौं । चुनाव गर्न आँट गर्नुहुन्न,ु ओलीले भने ।

सुदूरपश्चिम प्रदेशका ओली पक्षका कार्यकर्ताको भेलामा उनले दाहाल र नेपालमा पार्टीभित्र निर्वाचनमा जान आँट नभएको दाबी गरे । एकपल्ट महाधिवेशन, चुनाव नगर्नेले आफूलाई तानाशाह भन्नु स्वभाविक नभएको उनको भनाइ छ ।

उनले माधव नेपाललाई महाधिवेशनमा हारेर पार्टी पार्टी विभाजन गरेर अध्यक्ष भएको आरोप लगाए । उनले धम्क्याएर प्रधानमन्त्री नपाइने भन्दै चुनावमा जानैपर्ने तर्क गरे ।