३ सय केन्द्रीय सदस्य थप्दै ओली समूह

केन्द्रीय समितिमा कमजोर रहेको ओली समूहले करिब ३ सय केन्द्रीय सदस्य थप गर्ने तयारी गरेको छ । आज बस्ने केन्द्रीय कमिटी बैठकले प्रचण्ड–माधव नेपाल समूहलाई कारवाही गरी केन्द्रीय सदस्य थप्न लागेको स्रोतले जनाएको छ ।

प्रचण्ड–नेपाल पक्षले ओलीलाई कारवाही गर्न लागेको पत्र निर्वाचन आयोगमा पठाउनुअघि नै ओली पक्षले प्रचण्ड लगायतका नेताहरुलाई कारवाही गरिसकेको बालुवाटार स्रोतको दाबी छ ।

थपिएका केन्द्रीय कमिटी सदस्यको आजै सपथ गराएर बहुमत देखाउने कसरतमा ओली समूह लागेको छ ।