आजको बैठक : ओलीलाई कारबाही, नेपाल अध्यक्ष

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले मंगलबारका लागि आह्वान गरेको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही गर्ने भएको छ।

यो समूहले पार्टीको सदस्य नरहने गरी कारवाही गर्न लागेको स्रोतले जनाएको छ । त्यही बैठकबाट माधवकुमार नेपाललाई पार्टी अध्यक्ष बनाउने तयारी भएको छ ।

नेकपाको विधानमा २ अध्यक्ष हुने व्यवस्था छ । साबिक एमालेबाट अध्यक्ष बनेका ओलीलाई कारवाही गरेपछि नेपाललाई अध्यक्ष बनाउन लागिएको हो । नेपालको वरियता भने प्रचण्डपछिको दोस्रो हुनेछ ।

आज नेकपाका दुवै पक्षको केन्द्रीय समिति बैठक बस्दै छन् ।