बादल भेट्न पुल्चोक पुगे प्रचण्ड

नेकपा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापालाई भेट्न नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले पुल्चोकमा छन्।

उनले सोमबार पनि थापासँग छलफल गरेका थिए । मंगलबार बिहानै पुगेका प्रचण्ड र बादलबीच छलफल जारी छ । नेकपा विभाजन हुन लागेका बेला थापा कतै खुलेका छैनन् । आफू निकटका अधिकांश नेता प्रचण्ड नेपाल लाइनमा खुलेपछि बादल दबाबमा छन् ।

थापाले सोमबार बेलुका बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग १ घण्टा छलफल गरेका थिए।

आज बिहान ओली समूहको केन्द्रीय सदस्यको बैठक ९ बजे र प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको दिउँसो १ बजे बस्दै छ । यी बैठक नै नेकपा विभाजनको औपचारिक सुरुआत बन्ने छन् ।