ओली-बादल साढे २ घण्टा छलफल

बिहान आफू निकटका नेता, कार्यकर्तासँग छलफल गरेका गृहमन्त्री रामबहादुर थापा बादलले सोमबार साँझ प्रधानमन्त्रीलाई भेटेका छन् ।

संसद विघटनपछि नेपाल कम्युनिस्ट पार्टीभित्रको विवादले अत्यन्तै गम्भीर मोड लिँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री बादलबीच सोमबार साँझ छलफल भएको छ । बादल ओलीलाई भेट्न साँझ ६ बजे पुगेका थिए भने राति साढे ८ बजेतिर फर्किएका थिए ।

यसअघि ओली निकट मानिएका बादल आज प्रधानमन्त्रीले बोलाएको भेलामा गएका थिएनन् । सो समूहका नेताहरुले बादललाई ओलीतिर नलाग्न दवाव दिँदै आएका छन् ।