ओलीलाई कारबाही गर्न नेकपा केन्द्रीय समिति बैठक बोलाइयो

नेकपाले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने भएको छ ।

आइतबारको स्थायी समिति बैठकले उनलाई अनुशासनको कारबाही गर्न प्रस्ताव केन्द्रीय समितिमा लैजाने निर्णय भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाए । ओलीको कदमले देश, जनता र पार्टीको भविष्यलाई नै अन्धकारतिर धकेल्ने तथा संविधानलाई असफल पारेको बैठकले ठहर गरेको छ ।

उनलाई अनुशासनको कारबाही गर्नेबारे छलफल गर्न पुस ७ गते काठमाडौंमा केन्द्रीय समिति बैठक बोलाइएको प्रवत्ता श्रेष्ठले जानकारी दिए ।