माधव-प्रचण्ड पक्षका मन्त्रीहरुले दिए राजीनामा

सरकारले संसद विघटन गरेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षका ७ मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।

पत्रकार सम्मेलन गरी गिरिराजमणि पोखरेल, घनश्याम भुसाल, योगेशकुमार भट्टराई
शक्तिकुमार बस्नेत, बिना मगर, वर्षमान पुन र रामेश्वर राय यादवले राजीनामा दिएका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेलले संसद विघटन रोक्न रोक्न अधिकतम प्रयास गरे पनि नसकिएको बताए । उनले भने, ‘जनमत विरुद्ध चालिएको असंवैधानिक कदमविरुद्ध हामीले राजीनामा दिएका हौं ।’

साबिक माओवादीबाट नियुक्त भएका गृहमन्त्री रामबहादुर थापा र आपूर्ति मन्त्री लेखराज भट्टले पनि राजीनामा दिएका छैनन् ।