बेनी—जोमसोम सडकको दुर्रदशा ‘जति मर्मत ग¥र्यो ,उति भत्किन्छ सडक’

- म्याग्दी रुप्से देखि तल करिव १० किमीको सडक एलाईमेन्ट परिवर्तन गरिनुपर्ने

२०७४ सालदेखि उत्तर÷दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर, बेनी÷जोमसोम ÷कोरला सडक आयोजना सुरु ग¥यो । बेनी—जोमसोम ७६ किमी कालोपत्रे तथा जोमसोम÷कोरला १ सय १० किमी ग्राभेल सडक विस्तारका लागि झन्डै ६ अर्व रुपैया सरकारले बिनियोजन भयो ।

सडक स्तरोन्नतिको जिम्मा पाएको कालिगण्डकी करिडोरलाई हाल जोमसोम÷कोरला सडकको ७ खण्डमध्ये ४ खण्ड हस्तान्तरण भएको छ । यस्तै, बेनी —जोमसोम सडकको ४ खण्डको पनि सम्झौता अवधि सकिएर पुनः म्याद थपिएको छ ।सम्झौता अवधि २ वर्ष तोकिएको बेनी÷जोमसोम निर्माणधिन सडक स्तरोन्नतिकार्यमा अहिले निर्माण कम्पनीलाई टाउको दुखाई भईरहेको छ ।

बर्सेनि बर्खायामको मौसममा बेनी÷जोमसोम निर्माणधिन सडक अन्र्तगत म्याग्दीको अन्नपूर्ण गाउपालिका र रघुगंगा गाउपालिकाका विभिन्न स्थान र मुस्ताङको थासाङ—४ का विभिन्न स्थानको कमजोर भु—बनाबटले सिर्जित प्राकृतिक बिपत्का कारण त्यस खण्डमा सडक स्तरोन्नतिको काम गर्दै आईरहेका निर्माण कम्पनीलाई यतिखेर टाउको दुखाईको बिषय बनेको हो ।

करिडोरका अनुसार अहिले निर्माणधिन बेनी—जोमसोम ७६ किमी सडकको औसत प्रगती ६५ प्रतिशत भन्दा बढी छैन ।म्याग्दीको राहुघाट देखि तातोपानीसम्म शर्मा युनाईटेड र म्याग्दीको तातोपानी देखि मुस्ताङको कोवाङसम्मको २ प्याकेजको जिम्मा शर्मा गजुरमुखी जेभीले लिएको हो ।
गत असार २८ गते राहुघाट खोलाको बाढीले त्यहा रहेको बेलिब्रिज संरचनालाई क्षति पू¥यायो । श्रावण ५ गते आएको बाढी÷पहिरो र नदी कटानले म्याग्दीको पोखरेबगर ,बेगखोला ,तातोपानी ,गुईठे ,रुप्से ,काभ्रेभीर लगायतको सडक संरचना बिगारिदियो ।

यस्तै ,मुस्ताङतर्फ पनि घोप्टे ओढार ,कैकु,लेते खोला लगायतमा सडक संरचनामा ठुलै क्षति पू¥यायो । फेरि भदौ असोज ३१ गते म्याग्दीको रुप्सेमा सुख्खा पहिरोले अस्थायी कामचलाउ गरिएको सडक ध्वस्त भयो भने काभ्रेभीर नजिकको घोप्टेभीरमा ठुला÷ठुला चट्टान खसेसंगै सडक अवरुद्ध भयो । त्यस खण्डमा सडक स्तरोन्नतिको जिम्मा पाएको शर्मा गजुरमुखीले जति सडक सफा ग¥यो त्यतीनै प्राकृतिक बिपत्ले सडकलाई क्षति पू¥याउने गरेको पाईएको छ । आईतबार पनि पूनः म्याग्दीको रुप्सेमा ठुलो सुख्खा पहिरो गयो ।

सडक खुल्ने प्रतिक्षामा बसेका मुस्ताङ आउजाउ गर्ने सवारी निराश बने ।म्याग्दी र मुस्ताङको सिमाना नजिक अहिले नेपाली सेनाको सहयोगमा ब्लास्टिङ गरी सडक खुलाउने काम थालेको छ ।त्यहा सडकको बेसका लागि ग्याबिन उठाउन अवरोध भएकाले ब्लास्टिङ गर्न परेको हो ।
पछिल्लो पटक बेनी÷जोमसोम सिधा यातायात ११ औं दिनसम्म अवरुद्ध छ ।

त्यसो त बर्खायामको असार देखि हालसम्म बीचको समय करिव १५ दिन जति मुस्ताङ÷म्याग्दी सिधा यातायात चलेपनि बाँकी पुरै समय ठप्पै भएको हो ।प्याकेज २ र ३ को सडक स्तरोन्नतिको जिम्मा पाएको शर्मा गजुरमुखिका प्रोजेक्ट म्यानेजर नरेन्द्र न्यौपानेले सडकको एलाईमेन्टनै परिवर्तन गर्नुपर्ने सुझाए ।

सडक निर्माण गर्दा आईपर्ने सामान्य अवरोध हटाउने दायित्व कम्पनीको भएपनि प्राकृतिक प्रकोपका कारण निर्माणकार्यमा बाधा पुग्ने गरेको र गरेका काम समेतमा क्षति पू¥याउने गरेको दुखेसो सुनाए । उनका अनुसार म्याग्दी रुप्से देखि तल करिव १० किमीको सडक एलाईमेन्ट परिवर्तन गरिनुपर्ने बताए ।

फोटो क्याप्सन ः
बेनी÷जोमसोम ७६ सडकको म्याग्दी रुप्सेको क्षतिग्रष्त सडक । तस्विर ःसुरेन गुरुङ