शनिबार बिहान पोखराको बेगनासतालमा एक युवाको शव भेटिएको छ । शुक्रबार पौडी खेल्न जान्छु भनी हिडेका विनोद रानामगर मृत फेला परेका हुन् ।
चितवनको कल्याणपुर घर भई पोखरा ३० मजुवामा मजदुरी गर्ने करिब ३१ वर्षका रानामगर शुक्रबार घर नफर्केपछि उनको खोजी थालिएको थियो । शनिबार बिहान साढे ११ बजे तालमा तैरिएको अवस्थामा उनको शव फेला परेको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।




