आईसोलेसन र क्वारेन्टिनको खोजीमा मुस्ताङका स्थानीय तह

मुस्ताङका ५ वटै स्थानीय तहले अहिले संम्भावित कोरोना भाईरस (कोभिड—१९) का संक्रमित व्यक्तिको पूर्व व्यवस्थापन तयारी गर्न प्रि—आईसोलेसन तथा क्वारेन्टिनको तैयारी थालेका छन् । जिल्ला कोभिड—१९ संकट व्यवस्थापन समिति (सिसीएमसी)को बिहिबार बसेको बैठकको निर्णय बमोजिम मुस्ताङका ५ वटै स्थानीय तहले शुक्रबार देखि आईसोलेसन तथा क्वारेन्टिन पूर्वाधारका जुटेका हुन् ।

जिल्ला सिसीएमसीको बैठकले एकसाता भित्र संम्वन्धित स्थानीय तहले आफ्नो पालिकाभित्र प्रि—आईसोलन तथा क्वारेन्टिनको व्यवस्था गरी त्यसको बिस्तृत विवरण समितिलाई पठाउन निर्देशन गरेको हो । यसअघि मुस्ताङ थासाङ गाउपालिकाको लेतेप्राथमिक चौकी र जिल्ला अस्पताल जोमसोममा आईसोलेनसको व्यवस्था थियो ।

यस्तै , कोभिड—१९ कै कारण बन्द भएका शैक्षिक सस्थाहरुमा क्वारेन्टिनको व्यवस्था गरिएको थियो । त्यसबेला मुस्ताङका ५ वटै स्थानीय तहमा ९६ बेडको क्वारेन्टिनको व्यवस्था थियो । सरकारले शैक्षिक संस्थामा क्वारेन्टिन निर्माण गर्न नपाईने जनाएपछि जिल्लाका स्थानीय तहलाई आईसोलसन तथा क्वारेन्टिन संरचना निर्माण गर्न अप्ठ्यारो परेको छ ।

सिसीएमसीको निर्णय बमोजिम मुस्ताङको थासाङ गाउपालिकाले क्वारेन्टिन तथा आईसोलेसनको तैयारी थालेको प्रमुख प्रशासकीय अधिकृत सन्तोष केशीले जानकारी दिए । उनका अनुसार थासाङ—३ लेतेको प्रहरी चेकपोष्टको नजिकै रहेको प्रयोग विहिन सरकारी भवनलाई १२ बेड क्षमताको कोरोना स्पेशल प्रि—आईसोलेसन कक्षको व्यवस्था गर्न जुटेको छ ।

थासाङले निर्माण गर्न लागेको प्रि—आईसोलेनस भवन लामो समय देखि प्रयोग विहिन थियो । त्यसलाई बिजुली ,पानी र त्यहाका जीर्ण संरचनाको आवश्यक मर्मत संम्भार गरी आईसोलेन बनाउने तैयारी अघि बढेको प्रशासकीय अधिकृत केशीले बताए । थासाङले वडा १ को टुकुचेमा अवस्थित प्रयोग विहिन सरकारी कार्यालयलाई क्वारेन्टिन बनाउने जनाएको छ ।

मुस्ताङ सदरमुकामले जोडिएको घरपझोङ गाउपालिकाले पनि क्वारेन्टिनको खोजी गरेको जनाएको छ । यसअघि घरपझोङंले जनहित मावि जोमसोममा ३८ बेडको क्वारेन्टिनको व्यवस्था गरेको थियो । त्यसलाई अन्य स्थानमा स्थान्तरण गर्ने गरी स्थानको खोजीमा रहेको प्रमुख प्रशासकीय अधिकृत नेत्र पौडेलले जानकारी दिए । घरपझोङले २० बेड क्षमताको आईसोलेसन र २० बेड क्षमताको क्वारेन्टिन निर्माण गर्ने कार्यपालिकाले निर्णय गरेको छ । प्रशासकीय अधिकृत पौडेलले त्यसका लागि होटल ,समाजघर ,क्लव लगायतका स्थानमा पूर्वाधार निर्माण गर्ने विकल्प खोजी गरेको उल्लेख गरे ।
जिल्लाको वारागुङ मुक्तिक्षेत्रले यसअघिनै जोमसोम —कोरला सडकमा पर्ने एक्लेभट्टीमा अवस्थित होटल टिबेटलाई लिजमा लिएर क्वारेन्टिन बनाएको थियो । गापा अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङ धाराले त्यस होटललाई अब प्रि—आईसोलेसनको रुपमा रुपान्तरण गर्ने बताए । उनका अनुसार गाउपालिकाले अन्य वडाहरुमा रहेका समाजघर र क्लवघरलाई कम्तिमा २ देखि ३ बेडसम्मको क्वारेन्टिन बनाउने गृहकार्य भैईरहेको उल्लेख गरे ।

यस्तै ,उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउपालिकाले पनि साविकको युवाक्लव भवनमा रहेको क्वारेन्टिनलाई प्रि—आईसोलेसन बनाउने बताएको छ । गापा अध्यक्ष लोप्साङ छोम्फेल बिष्टका अनुसार पालिकाले घमीको स्वास्थ्य चौकी भवन र घिलिङको वडा कार्यालय भवनलाई आईसोलेसन बनाउने तैयारी गरेको जनाएको छ ।

केही महिना अघि एक ८६ वर्षिय बृद्धले कोरोना जितेपछि गण्डकी प्रदेशको एकमात्र मुस्ताङ जिल्ला कोरोना मुक्त जिल्लाको रुपमा कायम छ । पछिल्लो समय कोरोना संक्रमितको संख्या तिब्र गतिमा बृद्धि भएसंगै मुस्ताङले पनि कोरोना भित्रिन नदिन उच्चसर्तकता अपनाएको छ ।

यसका लागि म्याग्दी र मुस्ताङको सीमानाकामा व्यक्ति र सवारी साधनको प्रवेशमा थप कडाई गरेको जिल्ला सिसीएमसीले जनाएको छ ।

फोटो क्याप्सन ः फाईल फोटो ः
मुस्ताङ स्थानीय तहले निर्माण गरेको क्वारेन्टिन । तस्विर np dut