सांसद थकालीद्धारा अवरुद्ध बेनी÷जोमसोम जोड्ने काभ्रेभीर सडकको निरीक्षण

- बेनी÷जोमसोम अवरुद्ध सडकको निरीक्षणमा सांसद महेन्द्रबहादुर थकाली ।

विगत एक महिना अघि देखि लगातार अवरुद्ध रहेको बेनी—जोमसोम ७६ किमी सडक अन्र्तगत म्याग्दी र मुस्ताङको सीमावर्ती क्षेत्र काभ्रेभीर सडकको गण्डकी प्रदेशका माननीय सांसदमहेन्द्रबहादुर थकाली लगायतको टोलीले शुक्रबार स्थलगत निरीक्षण गरेको छ ।

गत सोमबार देखि बिस्पोटक पदार्थ प्रयोग गरी चट्टान फुटाएर सडक खुलाउन करिडोर ,निमार्ण कम्पनी ,सुरक्षा निकाय र जनप्रतिनिधिले पहल गरेका थिए । शुक्रबार दोहोर सडक खोल्ने योजना अनुसार सांसद थकाली अवरुद्ध सडक स्थलमा पुगेका थिए । सडक निरीक्षणमा जिसस प्रमुख छिरिङ ल्हामो गुरुङ ,थासाङ—२ का वडाध्यक्ष विशाल शेरचन र अमित विल्डर्सका प्रोपाईटर अमित तुलाचन सहभागी थिए ।

बेनी—जोमसोम सडकको सबैभन्दा कठिन र अप्ठ्यारो सडक मानिने काभ्रेभीर सडक सुख्खा पहिरोले लामो समय देखि अवरुद्ध छ । त्यसो त बेनी—जोमसोम सडकमा दर्जनौ स्थानमा बाढी÷पहिरो र नदी कटानले सडकलाई क्षति पू¥याएपनि अहिले एकतर्फी कामचलाउको रुपमा मर्मत गरिएको छ । अब मुस्ताङ जोड्न काभ्रेभीरको ट्याक मात्र रहेको सांसद महेन्द्रबहादुर थकालीले जानकारी दिए ।

सडक खुलाउन संघ ,प्रदेशका माननीय ,निर्माण कम्पनी र सुरक्षा निकायले अहोरात्र लागि परेको सांसद थकाली बताए । उनले सडक अवरुद्ध ,मुस्ताङका किसानले ठुलो क्षति व्यवहोर्नु परेको जानकारी दिए । मुस्ताङमा उत्पादित आलु ,गाजर र स्याउ बजारिकरणका लागि बजारसम्म समस्या परेको उनको भनाई ।उनका अनुसार सडक आगमन बन्दले मुस्ताङमा खाद्यान्न ,पेट्रोलिय र निर्माण सामाग्री ल्याउन मुश्किल परेको बताए ।

यस्तै ,करिडोरका ईन्जिनीयर किरण घिमिरेले मौसममा सुधार भए २४ घण्टामा काभ्रेभीरको ट्याक ओपन हुने बताए ।
बेनी÷जोमसोम अवरुद्ध सडकको निरीक्षणमा सांसद महेन्द्रबहादुर थकाली ।