आमा! पाइनँ बाटो आँसुको धाराले(गीतको भिडियोसहित)

आमाको ममता र समर्पणको महिमा जति गाए पनि पूरा हुँदैन । केही न केही बाँकी नै रहन्छ ।

विदेशमा सन्तानले असामयिक ज्यान गुमाए घरमा आमा मर्माहत हुन्छिन् । सन्तानकै पीरले जिउँदै मरेतुल्य हुन्छिन् । यस्तै यस्तै भाव बोकेर गीत आमा लिएर आएकी छिन् गायिका किरण शर्मा ।

शिवम् डिजिटलको प्रस्तुति वियोगान्त लोकगीत आमाको शब्द सत्यदेवी बरालले लेखेकी हुन् । सम्वरबहादुर गायकको लय रहेको यो गीत एरेन्ज साहिल गायकले गरेका हुन् ।

कृष्णप्रसाद गौतमले निर्देशन गरेको म्युजिक भिडियोमा प्रजापति गौतम, कीर्ति बराल, सीता रेग्मी बास्तोला, युवराज श्रेष्ठ, गौरव गौतम, बिहन्सा शर्मा लगायतले अभिनय गरेका छन् ।

गायिका शर्माले महिलाको महान् पर्व तीजको अवसरमा पहिलो गीत ल्याएको बताइन् । उनले भनिन्, ‘धेरै नेपालीको छातीको घाउको व्यथा समेटेर गीत ल्याएकी छु । यहाँहरु सबैको साथको अपेक्षा छ ।’

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।