कोरोना कहर ः घरपझोङको सरकारी कार्यालयमा तिजको नाचगान -भिडियोसहित

- सरकारी कार्यालयमा तिजको रौनक ,प्रशासन निरिह

जिल्ला प्रशासन कार्यालय मुस्ताङको निर्देशनलाई ठाडै अवज्ञा गर्दै मुस्ताङको घरपझोङ गाउपालिकाले बुधबार तिजको रमाईलो कार्यक्रम आयोजना गरेको छ । जिल्ला प्रशासन कार्यालयको निर्देशनमा बुधबार सशस्त्र प्रहरीले जिल्ला सदरमुकाम जोमसोम बजारमा माईकिङ गरी सभा÷सम्मेलन ।भोज भतेर ,चाडपर्व र भीडभाड हुने कार्यक्रम नगर्न सुृरक्षा निकायलाई निर्देशन गरेपनि त्यस निर्देशनको अवज्ञा गर्दै घरपझोङ गाउपालिकाले भीडभाड हुने तिज पर्वको भोजभतेर र नाचगान लगायतको रमाईलो कार्यक्रम गरेको भिडियो र फोटो सार्वजनिक भएको छ ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङमा आईतबार प्रमुख जिल्ला अधिकारीको रुपमा आउनु भएकी प्रजिअ हिरादेवी पौडेलले सुरक्षा निकायलाई हाल देखिएको विश्व व्यापी माहामारीको रुपमा फैलिएको नोवल कोरोना भाईरस ( कोभिड—१९¬) को बढ्दो संम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्लामा सभा—सम्मेलन ,चाडपर्व ,भोज भतेर र मानव जमघट हुने गतिबिधिमा रोक लगाउन निर्देशन दिएकी थिर्इंन् । उनले कर्मचारी मिलन केन्द्रले बुधबार आयोजना गर्ने भनिएको तिजको दर खाने कार्यक्रम समेत स्थगित गर्न लगाएकी थिईन् ।

तर ,घरपझोङ गाउपालिकाले प्रशाासनको निर्देशनलाई ठाडै अस्विकार गर्दै घरपझोङ जोमसोमको शिक्षा श्रोत केन्द्र भवनमा चाड पर्व ,भोज भतेर र मानव जमघट हुने कार्यक्रम आयोजना गरेको गापाका एक कर्मचारीले नाम नबताउने शर्तमा जानकारी दिए ।

त्यसो त उक्त गाउपालिकाकी शिक्षा प्राविधिक सहायक सरला सापकोटाले तिजको अवसरमा गापाका महिला कर्मचारीले नाचगान गरेको भिडियो सामाजिक संञ्जालमा पोष्ट गरेकी छिन् । मुस्ताङमा स्थानीय प्रशासनको निर्देशन एकपछि अर्को गर्दै स्थानीय तहले उलंघन गरेको पाईएको छ । यस अघि गापाको तिजको कार्यक्रम स्थगित गर्न नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाका अध्यक्ष सुन्दरकुमार थकालीले गाउपालिकाका प्रमुख प्रशासकीय अघिकृत लगायतका कर्मचारीलाई सुझाएका थिए । त्यसको पनि वास्ता नगरि गापाका जनप्रतिनिधि र कर्मचारीले तिजको जमघट मुलक कार्यक्रम आयोजना गरेका हुन् ।

केही हप्ता अघि वारागुङ मुक्तिक्षेत्र र लोमान्थाङ गाउपालिकामा यार्तुङ पर्व र बृहत खेलकुदको कार्यक्रम संम्पन्न भएको थियो । स्थानीय प्रशासन र सुरक्षा निकायले यो सबै गतिबिधि थाहा पाएपनि थाहा नपाए झै बसेको पाईएको छ । मुस्ताङमा २ दिन अघि मात्र काठमान्डौंबाट मुस्ताङ आएकी प्रजिअ हिरादेवी पौडेल भने कोरोना रिपोर्ट पिसिआरको प्रमाणपत्र लिएर आएपनि उनी जिल्लामा नया भएकाले आफै सुरक्षित होम क्वारेन्टाईनमा बसेकी छिन् ।

तस्विर ःसरला सापकोटाको फेसबुक वालबाट