पोखरा १९ मा फेरि थपिए ४ संक्रमित

पोखरा महानगरपालिका वडा नं. १९ मा फेरि ४ जनामा कोरोना संक्रमण देखिएको छ । मंगलबार साँझ कोरोना पुष्टि भएका यी ४ जना नै महिला हुन् ।

उनीहरुलाई आइसोलेसनमा लैजाने तयारी भएको पोखरा १९ का अध्यक्ष शोभामोहन पौडेलले जानकारी दिए । यसअघि संक्रमण देखिएका ६ जनाको सम्पर्कमा आएका ४ जनामा कोरोना देखिएको उनले बताए ।

यसअघि पोखरा १९ मा एक जनाको कोरोनाबाट ज्यान गइसकेको छ ।

पोखरा १९ ले साँझ अपिल प्रकाशन गरी वडामा यातायात बन्द, अत्यावश्यकबाहेक अरु बन्द सेवाका सवारी बन्द गर्न आग्रह गरेको छ । अत्यावश्यक सेवाका लागिमात्र वडा कार्यालय खुल्ने जनाइएको छ ।

अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ४८ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा नयाँ १७ जनामा संक्रमण देखिएको हो । प्रदेशमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या १४९३ पुगेको छ ।