मुस्ताङबासीलाई बिद्युत, टेलिफोन र ईन्टरनेटको सास्ती

- मुस्ताङमा पेट्रोलिय तथा खाद्यान्नको अभाव ः

गत शनिवारबाट लगातार पूर्ण रुपमा प्रभावित बनेको अवरुद्ध संञ्चार संम्पर्क तथा ईन्टरनेट सेवा कामचाउ गरी संञ्चालनमा ल्याईएको छ । नेपाल टेलिकमले थासाङ गाउपालिका—५ लार्के डाडामा राखेको बिटिएस रेडियो लिंक टावरको बिद्युतीय ब्याकपको सोलार चार्ज कन्ट्रोलमा खराबी आएकाले संञ्चार सेवा अवरुद्ध भएको जनाएको छ ।

मुस्ताङमा संञ्चार सुविधा पुरै अवरुद्ध बनेसंगै यहाका बैंक तथा बित्तिय संस्था ,सरकारी तथा गैसस कार्यालय र स्थानीय तहको नियमिति कामकाज प्रभावित भएको हो । शाखाले बिटिएसको ब्याकअफ कामचलाउ गरेकाले भरपर्दो नहुने र कुनैपनि बेला समस्या आउन सक्ने शाखा प्रमुख सुमनराम श्रेष्ठले जानकारी दिए । ‘तत्कालै हाल देखिएको अवरुद्ध संरचना मर्मत गर्न कठिन छ ।बिटिएस टावरको सोलार चार्ज कन्ट्रोल झिकाउने प्रयास भएपनि यातायात र हवाई सेवा नभएकाले अप्ठ्यारो परेको छ।’ शाखा प्रमुख श्रेष्ठले भने ।

गत असार २८ र श्रावण ५ गते अविरल वर्षाका कारण आएको भिषण बाढी÷पहिरो र नदी कटानले बेनी—जोमसोम निर्माणधिन सडकको छेउछाउमा रहेको बिद्युती पोल तथा संरचनामा ठुलो क्षति पूं¥याएपछि मुस्ताङमा दिनुह बिद्युत र संञ्चार सेवा प्रभावित बन्दै गएको छ ।म्याग्दी र मुस्ताङको थासाङमा दर्जनौ बिद्युत पोल बाढी÷पहिरोले क्षति पू¥याएपछि विगत एक महिना देखि बिद्युत तथा संञ्चार सेवा अनियमित बनेको हो । टेलिकमले बिटिएस टावरबाट भ्याईस र ईन्टरेनट सेवा कामचलाउ गरेको थियो ।

नेपाल बिद्युत प्राधिकरणको म्याग्दी स्थित तातोपानी बिद्युत वितरण केन्द्रले पोल मर्मत तथा जडान कार्यमा ढिलाई गर्दा फाईबर नेट मर्मतमा समेत समस्या देखिएको हो । यस्तै ,नेपाल टेलिकमले सर्वसाधारणको अतिआवश्यकीय रहेको संञ्चार सेवाका लागि उपयुक्त पूर्वाधार निर्माण गर्न नसकेकाले सेवाग्राहीको दैनिकी प्रभावित बनेको जोमसोम स्थित बिक्तिय संस्थाहरुले जनाएका छन् । तर ,केही सरोकारवाला निकायले भने प्राविधिक समस्या देखाएर जनतालाई सेवाबाट बञ्चित बनाउन खोजेकोे आरोप लगाएका छन् ।
यसअघि मुस्ताङका विभिन्न आमा समुहले जिल्लामा भईरहेको चरम बिद्युत लोडसेटिङ र संञ्चार अनियमिताको विरोध जनाउदै संम्वन्धित निकायमा ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले चरम बिद्युत र संञ्चार सेवाको संक्रमणकालको अन्त्य नभए कडा आन्दोलन गर्ने समेत जनाएका छन् ।


मुस्ताङमा पेट्रोलिय तथा खाद्यान्नको अभाव ः
अविरल वर्षाले बेनी—जोमसोम निर्माणधिन सडकमा क्षति पू¥याएपछि गत असार २८ गते देखि मुस्ताङमा मालसामान ढवानी ठप्पै छ ।म्याग्दी गलेश्वर बेलीब्रिज पुल बगाएको र बेनी—जोमसोम सडकको ठाउठाउमा बाढी÷पहिरो र नदी कटानले सडकमा क्षति पुगेपछि आपूर्ति सेवा ठप्प भएको मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचनले जानकारी दिए ।

आपूर्ति ठप्पसंगै मुस्ताङमा चरमक ईन्धन समस्या देखिएको अध्यक्ष तुलाचनले बताए । उनका अनुसार यसअघि मौज्यात रहेको खाद्यान्न लगायतका सामान पनि विस्तारै सकिन लागेकाले खाद्यान्न संकटको अवस्था आउन थालेको छ ।

यता ,राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरको बेनी÷जोमसोम—कोरला सडक र आयोजनाका निर्माण कम्पनीले सडक संञ्चालनका लागि अथक प्रयास गरेको सवईन्जिनीयर किरण घिमिरेले जानकारी दिए । केही स्थानमा सडक पुरै संरचना बगाएकाले सडक खुलाउन केही हप्ता लाग्ने बताए । आयोजनाले म्याग्दीको दाना सम्म र मुस्ताङखण्डको घासा खहरे खोला सम्म सडक ट्याक ओपन गरेको बताए ।