तुइन चुडिँदा १ बेपत्ता, १ को उद्धार

लमजुङको दोर्दी गाउँपालिका ६ कर्तिबेसि स्थित दोर्दी खोलाको तुईन चुडिँदा १ जना बेपत्ता भएका छन् भने १ लाई उद्धार गरिएको छ ।

सोमबार बिहान साढे ११ बजेतिर कर्तिवेशीकी वर्ष ३२ कि फूलमाया गुरुङ वर्ष १७ का विकास तुईनमा चढी खोला पारी जलदेवि मन्दिर जाँदै थिए । अचानक तुईनको डोरी चुडिँदा फूलमाया बेपत्ता भएको र विकासलाई स्थानीयले उद्धार गरेको प्रहरी नायब उपरीक्षक अरुणकुमार भण्डारीले जानकारी दिए ।