गोदावारी नगरपालिकाका प्रशासकीय अधिकृत घूससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित २ जनालाई एक लाख ५० हजार रुपैयाँ घूससहित पक्राउ गरेको छ।

अख्तियारले प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सब इन्जिनियर किशोर मोक्तानलाई पक्रेको हो । विकास, निर्माणको कामको भुक्तानी गर्ने क्रममा उनिहरुले घुस मागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रवक्ता तारानाथ अधिकारीले बताए ।