गण्डकी विश्वविद्यालयले पायो ५२८ रोपनी जग्गा

नेपाल सरकारले गण्डकी विश्वविद्यालयलाई पोखरा ३२ र तनहुँको शुक्लागण्डकी नगरपालिका गरी २ स्थानमा जग्गा उपलब्ध गराएको छ ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले जग्गाको स्वामित्व नेपाल सरकारमै रहने गरी विश्वविद्यालयका पूर्वाधार निर्माण र शैक्षिक क्रियाकलाप सञ्चालनका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको हो ।

अब गण्डकी विश्वविद्यालयले पोखरा ३२ मा करिब ३ सय ५३ रोपनी र शुक्लगण्डकी वडा नं. ५ मा १ सय ७५ रोपनी जग्गा उपयोग गर्न पाउने भएको छ । गण्डकी सरकारले विश्वविद्यालय बनाउन ऐन निर्माण र उपकुलपति नियुक्त गरी यसै आर्थिक वर्षबाट केही शैक्षिक कार्यक्रमसमेत सञ्चालन गर्ने तयारी गरेको छ ।

मन्त्रिपरिषद् बैठकले अरु २६ निर्णयसमेत गरेको छ । कोरोनाका कारण अलपत्र परेर नेपाल फर्किनुपर्ने वाध्यता भएका, आफैंले टिकट काट्न नसक्ने र रोजगारदाताले पनि फर्काउन खर्च नगर्ने अवस्थाका नेपालीलाई नेपाल सरकारले आफ्नै खर्चमा स्वदेश फर्काउने निर्णयसमेत गरेको छ ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।