सशस्त्रका एसएसपी नै बलात्कार आरोपमा पक्राउ

सशस्त्र प्रहरीका एसएसपी राजेन्द्रकुमार अधिकारी बुधबार बलात्कार आरोपमा पक्राउ परेका छन् ।

चितवनकी एक २७ वर्षीया महिलाको मौखिक उजुरीमा अधिकारीलाई पक्राउ गरिएको हो । पोखराको लामापाटनस्थित सशस्त्र प्रहरी बल लामापाटनमा कार्यरत उनलाई एसपी जीवनकुमार श्रेष्ठ नेतृत्वमा पक्राउ गरिएको हो ।

ती युवतीले अधिकारीले आफूलाई खाना खान बोलाएर लठ्याउने औषधी खुवाई जबर्जस्ती करणी गरेको आरोप लगाएकी छिन् । सशस्त्रका एसपी अधिकारीको शसस्त्र प्रहरी प्रधान कार्यालयमा सरुवा भएको थियो ।