नेकपा विवाद ओली गुट र पार्टीबीचको संघर्ष : खनाल

नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अहिलेको नेकपाको विवाद फरक प्रकृतिको भएको औंल्याएका छन् ।

उनले भने, ‘कुनै विषयमा पनि पार्टीमा संस्थागत रुपमा छलफल भएर निर्णय भएको छैन। अहिलेको संघर्ष भनेको ओलीको गुट र पार्टीबीचको संघर्ष हो ।’ नेता खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाँच वर्षमा सञ्चालन गर्न दिने हो अर्को चुनावमा नेकपा सखाप हुने दाबी गरे ।

सहाना प्रधान स्मृति प्रतिष्ठानले आयोजना गरेको जुम मिटिङमा उनले यस्तो टिप्पणी गरेका हुन् । खनालले ओलीले पार्टी फुटको त्रास देखाएर सत्तामा टिक्न खोजेको तर्कसमेत गरे ।

अब ओलीको नेतृत्व लम्बिए कम्युनिस्ट आन्दोलनका उपलब्धि मेटिने उनको भनाइ छ । खनालले भने, ‘कम्युनिस्ट पार्टीले ७१ वर्षमा जुन उपलब्धी हासिल गरेका छौं, त्यो गुम्छ नै र भविष्य अनिश्चित हुन्छ।’

ओलीको नेतृत्वको सरकार नै अनियमिततामा संलग्न भएको हुन सक्ने उनको आशंक छ । नयाँ तवरले सोचेमात्र पार्टीले पुनर्जीवन पाउने उनले औंल्याए ।

खनालले ओलील्े मन्त्रिपरिषद्, योजना आयोगदेखि सबै स्थानमा अ‍ोलीले आफूले चाहेको वा गुटका मानिसलाई मात्रै भर्ना गरेको आरोपसमेत लगाए ।