देउवा निवासमा नेम्वाङ, प्रधानमन्त्रीको सन्देश दिएर गएको दाबी

नेकपा विभाजन, कांग्रेससँग मिलेर सरकार निर्माण लगायतका हल्ला चलिरहेका बेला नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ कांग्रेस सभापति निवास पुगेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश लिएर नेम्वाङ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेम्वाङ देउवा निवास बुढानीलकण्ठ पुगेका हुन् ।

नेम्वाङले ‘पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे जिम्मेवार प्रतिपक्षलाई जानकारी गराउने उद्देश्यले गएको बताए । उनले भने, ‘कांग्रेससँग संवैधानिक परिषदको बैठक, रिक्त स्थानमा नियुक्ती र अमेरिकी सहयोग कार्यक्रम एमसिसीको विषयमा छलफल भएको छ।’

file pix