सकियो वार्ता, भएन सहमति

सत्तारुढ नेकपाको विवाद मिलाउन बालुवाटारमा आइतबार भएको वार्ता सकिएको छ ।

वार्तामा सहभागी एक नेताले सबै विषयमा छलफल भए पनि सहमति नभएको र भोलि फेरि छलफल हुने जनाए । सोमबार ११ बजे स्थायी समिति बैठकअघि फेरि छलफल गर्ने सहमति भएको छ ।

स्थायी सहमतिमा बहुमत सदस्य प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्ने पक्षमा छन् । ओली भने अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछाड्ने अडानमा छन् ।

यो बीचमा अध्यादेश ल्याएर पार्टी विभाजन, कांग्रेससँग मिलेर सरकार सञ्चालन जस्ता अनेक विश्लेषण भएका छन् । ओली पक्षले नेकपाभित्र बाटै महाअभियोग लगाएर राष्ट्रपतिलाई हटाउन खोजिएको दाबी गरेको छ ।

आजको वार्तामा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालका साथै महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरु शंकर पोखरेल वर्षमान पुन तथा जनार्दन शर्मा सहभागी थिए ।

file pix