प्रचण्ड, खनाल र नेपाल राष्ट्रपति निवासमा

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पुगेका छन् ।

शितलनिवास जानेमा बामदेव गौतम र नारायणकाजी श्रेष्ठसमेत छन् । नेकपा विवादमा राष्ट्रपतिलाई महाअभियोगको कुरासमेत उठेपछि नेकपा नेताहरुको शितलनिवास आगमन बढेको छ ।