गण्डकी सरकारले प्रदेश विकास प्राधिकरण बनाउने

गण्डकी सरकारले गण्डकी प्रदेश विकास प्राधिकरण बनाउने भएको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले यो निर्णय गरेको हो ।

मन्त्रीपरिषद्को सातौं बैठकले प्राधिकरण बनाउनका लागि स्वीकृति दिँदै आन्तरिक मामिला तथा कानुन मानत्रालयमार्फत् विधेयक प्रदेशसभामा प्रस्तुत गर्ने निर्णय गरेको सरकारका प्रवत्ता रामशरण बस्नेतले जानकारी दिए । बैठकले यस वर्षको विनियोजन विधेयक, आर्थिक विधेयक र बजेट प्रदेशसभामा प्रस्तुत गर्ने निर्णयसमेत गरेको छ ।

पोखरा महानगर र गण्डकी सरकारको आधा आधा साझेदारीमा फेवातालमा निर्माणधीन चेकड्याम, सिल्टे«ेसन ड्यामका लागि १४ करोड ८ लाख ५ हजार ५ सय रुपैयाँ भुक्तानी दिने निर्णयसमेत गरेको छ । केही समयअघि आगजनीबाट क्षति भएको सामुदायिक रेडियो पर्वतलाई ५० हजार राहत दिने निर्णय पनि भएको प्रवक्ता बस्नेतले जानकारी दिए ।