आज देशका सातै प्रदेशले बजेट प्रस्तुत गर्दै छन् । कोरोना कहरले अर्थतन्त्रमा संकट आएका बेला गण्डकी सरकारले ल्याउने बजेटबारे सर्वसाधारणमा बढी अपेक्षा छ ।
गण्डकीका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ दिउँसो ४ बजे संसदमा बजेट प्रस्तुत गर्दै छन् । संघ सरकारको यसपालिको बजेट अघिल्लो वर्षको तुलनामा घट्यो । गण्डकी सरकारले भने अघिल्लो आर्थिक वर्षकै हाराहारीको बजेट ल्याउने तयारी गरेको स्रोतले जनायो । अघिल्लो वर्षको बजेट ३२ अर्ब १३ करोड थियो ।
कोरोना संकटका कारण यसपालिको बजेट स्वास्थ्य र आत्मनिर्भरता बढाउनका लागि कृषिमा केन्द्रीत हुने जनाइएको छ । सांसदहरुलाई दिइने निर्वाचन क्षेत्र विकास कार्यक्रम नहट्ने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यसअघि नै बताइसकेका छन् ।
गण्डकी सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले संसदमा दिउँसो ४ बजे प्रस्तुत गर्ने बजेट नेपालदुत डटकम, हाम्रा फेसबुक पेज र युट्युबबाट लाइभ हुनेछ ।




