संविधान संशोधन विधेयकमाथि समाजवादी पार्टीकी सांसद गरिता गिरीले राखेको संंशोधन प्रस्ताव सभामुख अग्निप्रसाद सापकोटले अस्वीकृत गरेका छन् ।
शनिबार निर्धारित समयभन्दा करिब साढे १ घन्टापछि सुरु भएको बैठकमा संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल सुरु भएको छ । छलफल सुरु हुनासाथ सांसद गिरी उठेकी थिइन् ।
सभामुख सापकोटाले उनको संशोधनलाई आफूले अस्वीकृत गरेको र यसबारे आफूले रुलिङ गरेको जनाएका थिए । उनले सो संशोधन प्रस्ताव नियम ११२ अनुसार नभएकाले आफूले संशोधन अस्वीकृत गरेको उनको उनाइ छ । उनको पार्टी समाजवादीले संविधान संशोधनको पक्षमा मतादान गर्ने निर्णय गरी ह्विपसमेत जारी गरिसकेको छ ।
सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर जारी गरेको नयाँ नक्सा जारी अनुसार नक्सा निशान छापमा राख्न संविधान संशोधन विधेयक ल्याएको छ । सभामुख सापकोटाले सुरुमा सरिता गिरीलाई छोटोमा कुरा राख्न भनेका थिए । तर होहल्ला भएपछि रुलिङ गरेका हुन् । त्यसपछि गिरी संसद भवन बाहिर निस्किएकी छन् ।






