काठमाडौंमा उपचाररत कास्कीका पहिलो कोरोना संक्रमित निको भएका छन् ।
उनी शुक्रबार डिस्चार्ज भएका हुन् । ६० वर्षीय ती पुरुषलाई २३ गते हेलिकोप्टरबाट काठमाडौं लगिएको थियो ।
सुरुमा उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । २ पटक पिसिआर जाँच गर्दा नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको हो ।
पोखरेली समुदायमै कहिँकतै कोरोना संक्रमण हुन सक्छ : डा. पाण्डे
२३ गते बेहोस फेला परेका उनलाई पोखराको जिएमसीमा केही समय राखेर थप उपचारका लागि काठमाडौं लगिएको थियो ।
उनको सम्पर्कमा भएका ३८ जनाको स्वाब परीक्षणको नतीजा नेगेटिभ आएको छ । उनको सम्पर्कमा आएकाहरुमा संक्रमण नदेखिए पनि उनलाई कसरी संक्रमण भयो, अझै पत्ता लागेको छैन ।




