भारतीयले सशस्त्रको हतियार खोसेपछि झडप, एक भारतीयको मृत्यु

सर्लाहीको नेपाल भारत सीमामा सशस्त्र प्रहरी बल र भारतीय नागरिकबीच झडप भएको छ।

झडपमा १ भारतीयको ज्यान गएको भने तीन सशस्त्र प्रहरीसहित २ भारतीय घाइते भएका छन्। सशस्त्र प्रहरी बलको प्रदेश २ को छिन्नमस्ता बाहिनीका डिआइजी राजु अर्यालले भारतीयले सुरक्षाकर्मीको एसएलआर हतियार खोसेर फ्याँकेपछि झडप भएको जानकारी दिए ।

भारतीय जबरजस्ती नेपाल प्रवेश गर्न लागेपछि झडप भएको हो।