मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले काठमाडौँ उपत्यकासहित कोरोना संक्रमण कम भएका ठाउमा लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्ले सवारी साधनलाई पनि जोर, बिजोरका आधारमा संचालन गर्न दिने निर्णय गरेको छ भने पसल खोल्ने दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बुधबार अबेर राति सकिएको बैठकले जनजीवन सहज पार्नका लागि पसल खोल्न दिने र सवारी साधन संचालनमा पनि खुकुलो पार्ने निर्णय गरेको हो ।
जोर अंकको गते सवारी साधनको अन्तिम अंक जोर भएका सवारी साधन र बिजोर अंकको गते सवारी साधनको अन्तिम अंक बिजोर भएका सवारी साधनमात्रै चल्न पाउनेछन् ।
मन्त्रिपरिषद् बैठकले लकडाउनको खुकुलो पार्ने मोडालिटी तय गरेको हो । जनजीवन सहज पार्नका लागि मन्त्रिपरिषद्ले गरेका सबै निर्णय र लकडाउनको मोडालिटी बारेको विस्तृत निर्णय बिहीबार मात्रै सार्वजनिक हुने भएको छ ।




