बुधबार बिहान कर्णाली नदीका टिपर खसेको छ । कालीकोटको जिते बजारबाट यात्रु लिएर रासकोटतर्फ जाँदै गरेको टिपर साढे १० बजे कर्णालीमा खसेको कालीकोट प्रहरीले जनाएको छ ।
टिपर करिब ४० यात्रु रहेको र २ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । भारतबाट आएकाहरुलाई क्वारेन्टाइनमा लैजाँदै गर्दा ना ८ ख ५१३३ नम्बरको टिपर नदीमा खसेको हो ।
नदीमा हराएकाको खोजी जारी रहेको कालिकोटका सिडिओ चन्द्रप्रसाद गैरेले नेपालदुतलाई जानकारी दिए । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलमा पुगिसकेको उनको भनाइ छ ।




