गण्डकीमा थपिए ३ संक्रमित


नवलपरासी(वर्दघाट, सुस्तापूर्व)मा थप ३ जनामा कोरोनो संक्रमण देखिएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले सोमबार विज्ञप्ति जारी गरी कावासोती ठेगाना भई कावासोतीकै क्वारेन्टाइनमा रहेका २ जनामा कोरोना पुष्टि भएको जनाएका हुन् ।

उनीहरु २२ र ३६ बर्षीय पुरुष हुन् । विनयी त्रिवेणी गाउँपालिकाका १४ बर्षीय पुरुषमा पनि सोमबार कोरोना संक्रमण पोजेटिभ देखिएको छ । नवलपुरमा ९ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ भने १ उपचारपछि निको भएका छन् ।

अब गण्डकी प्रदेशमा संक्रमितको संख्या २७ पुगेको छ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं