जेठ ७ गते २०७७

ताजा समाचार

जेठ ७ गते २०७७

नेपालले जारी ग¥यो नयाँ नक्सा, भारतले नमान्ने



नेपाल सरकारले जेठ ५ को मन्त्रि परिषद्को निर्णय अनुसार देशको बुधबार नयाँ नक्सा जारी गरेको छ ।

नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा संयुक्त राष्ट्रसंघ (यूएन) लगायतका अन्तर्राष्ट्रिय संस्था र समुदालयलाई पनि जानकारी दिने जनाइएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बुधबार नयाँ नक्सा जारी गरेकी हुन् ।

लिम्पियाधुरा लगायत भूभाग समेटेर नेपालले जारी गरेको नक्सा अस्वीकार्य हुने भारतले बताएको छ। भारतीय विदेश मन्त्रालयले बुधबार विज्ञप्ति नै जारी गरी नेपालले निकालेको नक्सामा भएका ती भूभाग आफ्नो भएको बताएको छ।

‘परिवर्तित नक्सामा भारतीय भूभागहरू समेत समेटिएको छ। नेपालले एकपक्षीय रुपमा गरेको यो कार्य ऐतिहासिक तथ्य–प्रमाणविपरीत छ, सीमासम्बन्धी मुद्दा कूटनीतिक माध्यमबाट हल गर्ने द्विपक्षीय समझदारीको पनि विरुद्ध छ,’ भारतीय विदेश मन्त्रालयले बुधबार बेलुकी जारी गरेको वक्तव्यमा भनिएको छ, ‘कृतिम रुपमा प्रस्तुत गरिएको यस्तो दावी भारतलाई मान्य हुने छैन।’

विज्ञप्तिमा भारत अगाडि भन्छ, ‘नेपाल यस मामिलामा भारतको अडानबारे राम्ररी जानकार छ। हामी नेपाललाई अनुचित दाबीबाट परै रहन र भारतको सार्वभौमसत्ता र अखण्डताको सम्मान गर्न आग्रह गर्छौं।’ विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘हामी आशा गर्छौं, नेपालको नेतृत्वले कूटनीतिक माध्यममार्फत सीमासम्बन्धी मुद्दा हल गर्ने सकारात्मक वातावरण सिर्जना गर्नेछ।’