फेरि थपियो लकडाउन

आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले थप १५ दिन लकडाउन बढाउने निर्णय गरेको छ ।

संक्रमितहरुको संख्या बढ्दै गएको र कोरोनाबाट २ जनाको ज्यान गएपछि सरकारले लकडाउन थपेको हो । चैत ११ गतेदेखि नेपालमा निरन्तर लकडाउन छ । यो पाँचौ पटक थपिएको हो ।

आजै उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड १९ रोकथाम, नियन्त्रण तथा उपचार उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको अवधि थप गर्ने सिफारिस गरेको थियो।