कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले आज लकडाउनको मोडालिटी परिवर्तन गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
समितिको बैठकले जेठ ५ गतेपछि लकडाउनको
स्वरुप परिवर्तन गर्न सिफारिस गरेको हो । विज्ञहरुसँगको छलफलपछि समितिले जोखिम क्षेत्र छुट्याएर लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको हो ।
समितिले उच्च जोखिममा रहेको क्षेत्र, मध्यम जोखिममा रहेका क्षेत्र र न्यून जोखिममा रहेका क्षेत्र पहिचान गरी मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको छ ।
छलफलमा विज्ञहरुले परीक्षण, कन्ट्याक्ट ट्रेसिङको दायरा बढाउनुपर्ने, क्वारेन्टाइनको व्यवस्थापन राम्रोसँग गर्नुपर्ने सुझाव दिए ।






