बाटुलेचौर प्रकरण : जातीय विभेदमा पक्राउ परेकाहरु धरौटीमा रिहा

केही दिनअघि पोखराको बाटुलेचौरमा जातीय विभेद गरेको अभियोगमा पक्राउ परेका ३ जना धरौटीमा रिहा भएका छन् । जिल्ला न्यायाधीश दण्डपाणि शर्माको इजलासले यस्तो आदेश गरेको हो ।

जिल्ला अदालत कास्कीले उनीहरुलाई जनही १ लाख ७० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । बुधबार नै राम जिसी, जनक थापा र देववहादुर थापा धरौटी बुझाएर रिहा भएका छन् ।

बाटुलेचौरका मोहन सुनारले सार्वजनिक जग्गामा सरकारी सहायतामा बनेको किरियापुत्री भवन प्रयोग गर्न नपाएपछि आफूमाथि जातीय विभेद भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले ती ३ जनालाई २३ गते पक्राउ गरेको थियो ।