नेकपा स्थायी समिति बैठक स्थगित

सत्तारुढ नेकपाको स्थायी समिति बैठक स्थगित भएको छ । कोरोना माहामारीका कारण बैठक स्थगित भएको नेकपा केन्द्रीय कार्यलय सचिव ईश्वरी रिजालले बताए ।

स्थायी समिति सदस्यहरुको कोरोना परीक्षण गरिएको पीसीआर रिपोेर्ट आइनपुगेकाले बैठक स्थगित गरिएको जनाइएको छ । मंगलबार स्थायी समिति सदस्य भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीमा कोरोना भाइरस संक्रमण देखिएको थियो ।

आज ११ बजेलाई तय भएको बैठक अब कहिले बस्छ, त्यो खुलाइएको छैन । नेकपामा पछिल्लो समय देखिएको विवादपछि २० स्थायी समिति सदस्यले बैठक माग गरेका थिए ।