नेपाली भूभाग लिपुलेकमा भारतले सडक बनाएको विरोधमा पत्रकार सम्मेलन गरिरहेका नेपाली सेनाका पूर्व जर्नेल प्रेमसिंह बस्न्यात र सशस्त्र प्रहरीका पूर्व एआईजी ठाकुरमोहन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।
नेकपा पार्टी कार्यालय धुम्बाराही सामुन्ने शंकपार्कमा पत्रकार सम्मेलन गरिरहेका बेला प्रहरीले उनीहरुलाई पक्रेको हो । उनीहरुलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ।
यसअघि प्रहरीले दरबारमार्ग उत्तर ढोका र माइतीघरबाट पनि विद्यार्थीहरुलाई पक्राउ गरेको थियो।






