वामपन्थी चिन्तक रामराज रेग्मीले सत्तारुढ नेकपाको नेतृत्वमा रहेका महत्वपूर्ण नेताहरुको सत्ता स्वार्थले अहिले संकट उत्पन्न भएको विचार राखेका छन् । उनले नेकपा सुधारिनै नसक्ने गरी बिग्रिइनसकेको तर अब सुध्रिनेभन्दा बढी बिग्रिन सम्भावना देखिएको टिप्पणी गरे ।
रेग्मी पहिलो लामो समय साबिक एमाले र पछि साबिक माओवादी केन्द्रमा आवद्ध थिए । उनले विचारको आधारमा हुनुपर्नेमा पार्टी एकता चुनावी अंक गणितको आधारमा हुनुले सुरुआतबाटै समस्या पनि सँगै आएको सुनाए ।
नेकपामा सिद्धान्त र व्यवहारमा एकरुपता नहुँदा समस्या जटिल हुँदै गएको उनको ठम्याइ छ । सरकारको कार्यशैली यस्तै रहे अर्काे विद्रोहमा देश धकेलिने सम्भावना पनि उनले औंल्याए ।
हेर्नुहोस् अन्तर्वार्ता




