राष्ट्रपतिद्वारा २ अध्यादेश जारी

राष्ट्रपति विद्या भण्डारीले सोमबार २ अध्यादेश जारी गरेकी छिन्। सोमबार बसेको मन्त्रिपरिषद्ले यी अध्यादेश ल्याउने निर्णय गरेको थियो।

सोमबारको मन्त्रीपरिषद् बैठकले केही मन्त्रीको असहमतिका बाबजुद दल विभाजन गर्न खुकुलो बनाउने र संवैधानिक परिषद्मा विपक्षी दलका नेता सहभागी नभए पनि निर्णय गर्न मिल्ने २ अध्यादेश पारित गरेको थियो ।

संवैधानिक परिषद् काम, कर्तब्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ र राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन अध्यादेश, २०७७ जारी भएको राष्ट्रपति कार्यालयका सह प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।