भारतबाट फर्केका वडाध्यक्षको र्‍यापिड टेष्ट पोजेटिभ

हालै भारतबाट फर्किएका धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर २ का अध्यक्षलाई कोरोन संक्रमणको आशंका गरिएको छ । उनको र्‍यापिड टेष्ट गर्दा एन्टीबडी पोजेटिभ देखिएको हो ।

उनको स्वाब लिई पिसिआर परीक्षण गर्ने भएको छ । उनी मधुमेहका बिरामी पनि छन् । उनलाई क्वारेन्टाइनमा पठाउने तयारी भएको छ।

भारत बिहारको मधुवनीमा १ महिना बसेका उनी नेपालमा लकडाउन लागू भइसकेपछि फर्केका थिए। उनलाई गत चैत २४ गतेबाट क्वारेन्टाईनमा राखिएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले बताए।